आर्थिक सम्वृद्धिमा युवाहरुको जोड

 

बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ ।
बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने गरी संस्था गठन गरेको हो ।
युवा उद्दमशिलतामा जोडदिने लक्ष्य राखिएको संस्थाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा युवराज न्यौपाने,कोषाध्यक्षमा गोपीलाल पौडेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा चिरन अर्याल,भुवन पन्त,रामु जिसि र सुशील चन्द पराजुली रहनुभएको छ ।
कार्यक्रममा विभिन्न उपसमिति समेत गठन गरिएको थियो । भेलाले लगानीका क्षेत्र र भावी योजनाबारे छलफल गरेको थियो । कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता सचिव युवराज न्यौपाने को संचालन चिरन अर्यालको स्वागतमा भएको कार्यक्रमा पत्रकार केशव भण्डारी प्रकाश पन्थी कपिल ज्ञवाली लगायत ले बोलेका थिय ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.