दशैको रौनक बढ्दै

बुटवल । असोज ७ । वडा दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म९नवरात्रभर०शक्तिको आराधना गरी दशौं दिन दशमीका दिन टीका(प्रसाद ग्रहण मनाइन्छ । कतैकतै विशेष रुपमा पुर्णिमा सम्म टिका र प्रसाद ग्रहण गरि मनाउने प्रचलन छ ।

आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती९चण्डी० पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

अर्थात दशैमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

दशमी तिथि पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेको विश्वास सहित असत्य माथि सत्यको विजयको रूपमा पनि दशैलाई लिईन्छ ।
दशैंमा नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरालगाउने र आशीर्वाद प्राप्त गर्ने, क्षमताअनुसार मिठो खाना खाने(ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने काम विशेष उत्साहका साथ गरिन्छ ।

दशैंमा देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइचो हुन्छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.