स्थानीय तहको समग्र परिणाम– संख्यामा एमाले पहिलो,मतमा काँग्रेस

बुटवल । असोज ७ । दुइ नम्वर प्रदेशका ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको मतपरिणामले सत्तारुढ काँग्रेस र माओवादीलाई बढी फाइदा भएको छ ।

संविधान संशोधनको मुद्दाका आफुहरु सहयोगी भएको तर एमालेकै कारण संशोधन नभएको भन्दै चुनावमा होमिएको काँग्रेसले सवैभन्दा धेरै तहमा जित हासिल गरेको छ। उसले कम्तिमा ३५ स्थानीय तहमा जितेर २ नम्वरमा पहिलो हुने निश्चित छ ।

दोश्रोमा माओवादी केन्द्र र राजपाको टक्कर छ । माओवादी केन्द्रले अन्य प्रदेशमा भएको लज्जास्पद हारमा २ नम्वरबाट केही राहत पाएको छ । उसले मध्य तराइको ग्रामिण भेगमा राम्रो मत पाएको छ।

यस्तै संविधान संशोधनको मागसहित आन्दोलनमा गएको राजपाले पनि सोचेजस्तो नतिजा ल्याउन सकेन । अन्तरकलह र उम्मेदवारी चयनमा भएको ब्यक्तिवादी सोचले राजपा कमजोर देखियो । बरु संघीय समाजवादी फोरमले राम्रो नतिजा ल्यायो । माओवादीले २० भन्दा बढी तथा राजपाले पनि २२ तहकै सेरोफेरोमा जित्नेछन ।

यसरी हेर्दा गाउँमा पुरानै पार्टीमाथि जनविश्वास रहेको देखाएको छ भने सहरी क्षेत्रको मत सबै पार्टीलाई गएको छ ।
२ नम्वरमा सवैभन्दा नराम्रो झड्का एमालेलाई लागेको छ । उसले २० तहमा जित हातपार्न पनि मुस्किल देखिएको छ । तर उसले यो परिणामलाई सोचेभन्दा कम भएको तर अप्रत्यासित नभएको बताएको छ । हुन त एमाले विरुद्ध निर्वाचनमा सवै खनिएका थिए तर रौतहटमा माधवनेपालको क्षेत्रमा समेत एमाले हार्यो ।

१ सय ३६ तह मध्ये १ महानगर र ३ उपमहानगर मा एमालेले एउटा उपमहानगर मात्रै जित्ने स्थिति छ ।
सवै परिणामबाट जित्नेमा एमाले पहिलो पार्टी बने पनि समग्र मतमा भने काँग्रेस पहिलो देखिएको छ। पहिलो र दोश्रो चरणको चुनावमा करिव ४० हजार मतले अगाडि रहेको एमालेलाई यो चुनाव पछि काँग्रेसले उछिन्ने स्थिति देखिएको छ।

Comments

comments

१ प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.