छोराको बिहेको सामान किन्न जांदा बाटोमै मृत्यु

बुटवल । असोज ७ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा आज बिहान खसेको ढु्रगाले ट्रक र कार पुरिदा तीन जनाको मृत्यु भएको छ ।

राती आएको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै ढुंगा खसेर जीप र ्टक पुरिदा दुई जनाको घटनास्थल मै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुको गुल्मीबाट बुटवल आउादै गरेको लु १ च ७९९४ नम्बरको कारमा सवार गुल्मी रुरु गाउपालिकाका ५१ बर्षीय तिलकराम भण्डारी र कार चालक बलेटक्सारका यमलाल ज्ञवाली रहेका छन ।कारमा सवार बलेटक्सार ४ गुल्मीका यमलाल ज्ञवालीको उपचारको क्रममा मृत्यु भएको हो ।भण्डारी छोराको विहेका लागि सामान किन्न बुटवल पुग्दै हुनुन्थ्यो । तर दैवको खेल बुटवल पुग्नै लाग्दा उहाको बाटो मै ज्यान गयो ।
कार मा सवार राधिका भण्डारी भने सामान्य घाइते हुनुभएको छ।

यस्तै ना ३ ख ६१९१ नम्बरको ट्रक चालक तीनाउ गाउपालिकाका माधव रानाको पनि मृत्यु भएको क्षेत्रिय ट्ाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरो खसेपछि अवरुद्ध सडक एकातर्फि खुलाइएको पनि प्रहरीले जनाएको छ ।
यसैबीच विद्युत प्राधिकरणले खनेको खाल्डोमा परी रुपन्देहीको सियारी गाउापालिका २ का ६ वषर्ीय गोलु लोहनिया र ५ वषर्ीय गोविन्द लोहनिया मृत्यु भएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.