बैदेशिक रोजगारीको ओरियन्टेशन अव रुपन्देहीमै संचालन हुने

बुटवल, ९ असोज । रुपन्देही जिल्लामा पहिलो पटक बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने अनिबार्य दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने भएको छ । नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभागबाट स्विकृती प्राप्त गरेका बुटवल र भैरहवाका ४ वटा टे्रनिङ्ग सेन्टरहरुले बिभिन्न मुलुकका लागि कामदारका रुपमा जाने ब्यक्तिहरुका लागि अनिबार्य रुपमा प्रदान गरिने अभिमुखिकरण तालिम कार्यक्रम शुरु गरेका छन । जिल्लामै उक्त अभिमुखिकरण तालिम हुने भएपछि पहिले जस्तो काठमाडौं पुग्नुपर्ने झन्झट ब्यहोर्नु नपर्ने, समयको बचत हुने तथा खर्च समेत कमभै रकम समेत बचत हुने छ ।
बुटवल र भैरहवामा उक्त अनिबार्य दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने भएपछि काठमाण्डौं जान नपर्ने भएको हो । बैदेशिक रोजगार बिभागले नेपालका बिभिन्न जिल्लाबाट उक्त अभिमुखिकरण तालिम कार्यक्रम संचालन गर्न अनुमती प्रदान गरेपछि बुटवलमा ३ वटा र भैरहवामा १ वटा टे्रनिङ्ग सेन्टर स्थापना भएका छन । यसरी अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने केन्द्रहरुमा बुटवल ६ ट्राफिक चौकमा रहेको गोरखनाथ ईन्टरनेशनल टे्रनिङ्ग ईन्स्िटच्युट प्रालि, बुटवलकै मिलनचौक स्थित रुद्रावती ओरियन्टेशन सेन्टर, राजमार्ग चौराहमा रहेको सुदाम ओरियन्टेशन प्रालि र भैरहवा बुद्धचोकमा रहेको लक्की ओरियन्टेशन एण्ड टे्रनिङ्ग सेन्टर प्रालि रहेका छन ।
उक्त दुईदिने ओरियन्टेशन तालिममा कुन देशमा, के काम गर्न जाने, आफु जाने देशको भाषा, संस्कृति, काम गर्ने तरिका र समय, त्यहाा जानु भन्दा अघि र त्यहाा पुगेपछि ध्यानदिनु पर्ने कुराहरु, सामान्य रुपमा ख्याल गर्नुपर्ने सैद्धान्तिक र ब्यबहारिक ज्ञानहरु प्रदान गरिने गोरखनाथ ईन्टरनेशनल टे्रनिङ्ग ईन्स्िटच्युट प्रालिका संचालक बालेन्दु हमालले जानकारी गराएका छन । हमाल भन्छन- पहिले लहडको भरमा बिना कुनै जानकारी रोजगारीका लागि बिदेशमा जाादा धेरै समस्याहरु पर्ने भएकोले सरकारले यो ओरियन्टेशन तालिमलाई अनिबार्य गरेको हो । पहिले काठमाडौंमा मात्र संचालन गरिएको यो ओरियन्टेशन तालिम यस आवदेखि उपत्यका बाहिरका बिभिन्न जिल्लामा ४५ वटा टे्रनिङ्ग सेन्टरहरुले ईजाजत पाएका छन । हामीले तालिम प्राप्त दक्ष प्रशिक्षकबाट ओरियन्टेशन तालिम प्रदान गर्ने कार्यक्रम संचालन गरेका छौं ।
पहिले बैदेशिक रोजगार सम्बन्धी सानो कामका लागि पनि काठमाडौं जानु पर्दा समय र रकम धेरै खर्च हुने अवस्था थियो । जनतालाई स्थानिय स्तरमै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप सरकारले स्थानिय स्तरमै अन्तरवार्ता लिने र अभिमुखिकरण तालिम प्रदान गर्ने निर्णय भएकाले टे्रनिङ्ग सेन्टरहरु स्थापना गरिएको लक्की ओरियन्टेशन एण्ड टे्रनिङ्ग सेन्टर प्रालिका संचालक दिपेन्द्र पौडेलले जानकारी गराएका छन । पौडेल भन्छन- मोफसलका गााउ शहरका युवाहरुले काठमाण्डौं गल्लिमा भौंतारिनु पर्ने अवस्थाको अन्तहुने भएको छ । अव यसक्षेत्रका बैदेशिक रोजगारमा जान आवश्यक पर्ने परामर्श, अन्तरबार्ता र तालिम पनि बुटवल भैरहवाबाटै शुरु भएको छ । भैरहवामा अन्तराष्ट्रिय बिमानस्थल बनिरहेको छ, पछि यहिाबाट सबै काम हुन्छ । त्यसका लागि पुर्वाधारको काम यसले गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.