बलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौ । असोज १० । काभ्रेको डाँडापारी जाँदै गरेको बलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् ।

रोशी गाउँपालिका-३ शिखर आम्बोटेमा बा १४ च ९५५६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा महाभारत २- की ३५ वर्षिया खेदीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया लेहन्दी माया जिम्बा, १९ वर्षीया कुमारी जिम्बा र २७ वर्षीया मनिता मोक्तान छन् । एक जनाको सनाखन हुन नसकेको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.