विधान विपरित कांग्रेसको संसदीय बोर्ड गठन

काठमाडौं – आश्विन २५, नेपाली कांग्रेसले भ्रष्टाचारमा सजाय पाएका र उम्मेदवार बन्न समेत नपाउने नेता खुमवहादुर खड्कालाइ समेत सदस्य बनाएर संसदीय बोर्ड बनाएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले १७ सदस्यीय गर्नुभएको छ । बोर्डलाई पार्टीका तर्फवाट निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने उम्मेद्वारको टुङगो लगाउने जिम्मवारी पाउछ ।

नेपाली कांग्रेसको विधानमा पदाधिकारी सहित १४ सदस्यीय वोर्ड बनाउने प्रवधान भएपनि सभापति देउवाले विधान विपरित १७ सदस्यीय बनाउनु भएको छ ।

बुधवार गठन भएको बोर्डमा सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव सदस्य हुनुहुन्छ । पार्टी विधानमा पदाधिकारी पदेन सदस्य रहने व्यवस्था अनुसार उहाँहरू सदस्य हुनु भएको छ ।

यसैगरी बोर्डमा देउवा खेमाबाट बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रवहादुर कार्की, र पुर्णवहादुर खड्का सदस्य हुनुहुन्छ । त्यसैगरी पौडेल पक्षबाट प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्य हुनु भएको छ ।
खुमबहादुर खड्का, र चित्रलेखा यादव तथा कृष्णप्रसाद सिटौला पनि संसदीय बोर्डमा हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.