चुनाव सर्दैन– तीन दल

काठमाडौ । असोज २६ । राजनीतिक ध्रुव्रिकरणले निर्वाचन सर्ने अडकलवाजी भैरहेका बेला प्रमुख तीन दलका नेताहरुले तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरु निर्वाचन आचार संहिता पुर्ण रुपमा पालना गर्न एकमत भएका छन् ।

प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज भएको छलफलमा तीन दल तोकिएकै मितिमा निर्वाचन गर्न सहमत भएका हुन । छलफलमा राष्ट्रिय सभा गठन प्रकृया कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो तर कुरा नमिलेको एमाले नेता माधव नेपालले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा गठन सम्वन्धी कुरा नमिलेपछि त्यसको जिम्मा तीन दलका शीर्षनेताहरुलाई दिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका शीर्ष नेताहरु सहभागी थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.