काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माणका लागि भारतीय डिपिआर खरिद गर्ने सरकारको तयारी

काठमाडौ । असोज २७ । अन्तत सरकारले भारतीय कम्पनीले तयार गरेको डिपिआर खरिद गरेरै बहुप्रतिक्षित काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माण अघि बढाउने भएको छ ।
राजधानीलाई तराईसंग जोड्ने उक्त मार्ग सरकारले चार बर्षमा पुरा हुने गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।

तर डिपिआरको टुंगो लाग्न नसक्दा काम अघि बढ्न नसकेको बेला मन्त्रिपरिषद्को शुक्रवार बसेको बैंठकले भारतको ‘आई एल एफ एस’ कम्पनीले तयार पारेको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर खरिद गर्ने तयारी गरेको हो ।

त्यसका लागि मूल्य सिफारिस गर्न आयोजना कार्यान्वयन निर्देशक समितिलाई स्वीकृती दिइएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.