बाम गठबन्धनबाट बाबुराम भट्टराई बाहिरिए

काठमाडौ । असोज २७ । नयाँ शक्तिपार्टी वाम गठबन्धनबाट बाहिरिएको छ ।

गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टीले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको हो ।

शुक्रवार बसेको पार्टीको बैठकले संविधानको आधारभूत अन्तरबस्तु -गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने तथा तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने निर्णय गरेको हो ।

बाम गठबन्धनमा सामेल भएर भट्टराइले सुर्य चुनाव चिन्हवाट चुनाव लड्ने सहमति भएको थियो । तर माओवादी केन्द्रले गोरखा क्षेत्र नम्वर २ भट्टराइलाई दिन नमानेपछि नयाँ शक्ति बाहिरिएको हो ।

गठबन्धनमा ल्याउने बेला मा नै माओवादीले भट्टराइलाई भित्र्याउन आनकानी गरेको र एमाले अध्यक्ष केपी ओलीको जोडवलले गठबन्धनमा सामेल गराइएको श्रोतले जनाएको छ ।

नयाँ शक्तिको शुक्रवारको बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ ।

अव भट्टराई गोरखा– २, कृष्णकुमार चौधरी कैलाली– ३, दानबहादुर चौधरी कपिलवस्तु– १, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुने तय भएको विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.