चुनाव सार्दैनौ,आचारसंहिता पालना गर्छौ भनेर लिखित वाचा गरे दलहरुले

काठमाडौ । असोज २७ । सरकार र राजनीतिक दलहरुले तोकिएकै समयमा प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्ने बचन निर्वाचन आयोगलाई दिएका छन ।

निर्वाचन आयोगसंरग शुक्रवार छलफल गरेका प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले समयमै चुनाव हुने भन्दै आयोगलाई आश्वास्त पारेका हुन ।
दलीय ध्रुविकरण बढ्दै जाँदा सरकारले चुनाव प्रभावित गर्न सक्ने गरि चलखेल गरेको र दलहरुबीच संसय भैरहेका बेला निर्वाचन आयोगले यथार्थ जान्न खोजेको थियो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस,एमाले,माओवादी,तराई केन्द्रित दल लगायतका दलका नेताहरुले निर्वाचनलाई व्यवस्थित र मर्यादित गर्ने र आचारसंहिता पुरै पालना गर्ने प्रतिवद्दता जनाएका हुन् ।

छलफलपछि पत्रकारसँग संक्षिप्त प्रतिकृया दिदैं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते तोकिएको समयमै निर्वाचन गराउन तथा आचारसंहिताको पुर्ण पालना गर्न सरकार प्रतिवद्द रहेको बताउनु भएको थियो ।

छलफलमा निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्ने र निर्वाचन आयोगको निर्देशनको वर्खिलाप हुनेगरि काम नगर्ने भन्दै लिखित प्रतिवद्दता जनाएका छन् ।

आयोगका पदाधिकारीहरुले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दलहरुलाई गराएका थिए । प्रमुख तीन दलको विहिवारको बैठकमा पनि निर्धारित मितिमै निर्वाचन गर्ने र आचारसंहिताको पूर्ण पालना गर्ने सहमति भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.