मन्त्रीपरिषदले आचारसंहिता उल्लंघन भएकोबारे राष्ट्रपति परामर्शमा

Presedent Bidya Devi Bhandari. Photo: President's Office

काठमाडौं, असोज २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गरेको र त्यसले आचारसंहिता उल्लघंन भएको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श थाल्नुभएको छ ।
आन्तरिक छलफल गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरु परामर्श दिन शितल निवास पुगेका थिए । मन्त्रीपरिषद् बिस्तार र आचारसंहिताबारे बिहान आयोगमा छलफल गरेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहित आयुक्तहरु शितल निवास पुगेका हुन्।

उनीहरुले आचारसंहिता उल्लघंन भएको भन्दै शपथ गराउने वा नगराउने बिषय राष्ट्रपतिकै भएको सुझाव दिए । राष्ट्रपतिले कानूनविदहरुसँग पनि छलफल गर्नुभएको छ।

मन्त्रीहरु थप गर्ने प्रधानमन्त्रीको पत्र शुक्रवार राती अवेर राष्ट्रपति कार्यालय पठाइएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.