माओवादी केन्द्रले सरकार नछाड्ने

काठमाडौं, असोज २८ । मन्त्रिपरिषद बिस्तारबारे कडा विरोध गरेको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट नबाहिरने निर्णय गरेको छ ।

शनिवार बसेको माओवादी नेतृत्वको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने भएको छ ।

बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार एकातर्फि रुपमा राप्रपाका अध्यक्ष कमल थापा सहित ८ जनालाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेपछि चिढिएको माओवादीले सरकार छाड्ने आकलन कतिपयले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.