राष्ट्रपतिद्धारा १० वटा विधेयक प्रमाणिकरण

काठमाडौ । असोज २९ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका १० वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

राष्ट्रपतिले राष्ट्रिय दलित आयोग विधेयक २०७४,अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक २०७४, स्थानीय सरकार सञ्चालन विधेयक २०७४, थारु आयोग विधेयक २०७४,प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक २०७४, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक २०७४, राष्ट्रिय महिला आयोग विधेयक २०७४,मुस्लिम आयोग विधेयक २०७४,कर्मचारी समायोजन विधेयक २०७४ र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.