समानुपातिक तर्फ सूची बुझाउने दलको संख्या ५५

काठमाडौ । असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ सूची बुझाउने दलको संख्या ५५ रहेको छ ।

समानुपातिक तर्फ सूची पेश गर्न ५५ दलले मात्र धरौटी बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा विहान १० देखि साँझ ५ वजेसम्म टोकन लिने दलले समानुपातिकको सुची वुझाउन पाउने छन् । काँग्रेस,एमाले र माओवादी केन्द्रले समानुपातिक तर्फको सवै सूची बुझाउने प्रकृया अघि बढाएका छन् ।

प्रतिनिधिसभामा समानुपातिक तर्फ एक सय १० र प्रदेशसभामा दुई सय २० सिट रहने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फको सूचीमा परेकाहरुले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिन पाउने छैनन् ।

बन्दसूची पेश गर्ने दलहरुले समानुपातिक तर्फको कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ८८ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.