रुदै काँग्रेस फर्के विजय गच्छदार

काठमाडौ । असोज ३०। नेपाली राजनीतिका चतुर खेलाडी मानिने विजयकुमार गच्छदार रुदैं नेपाली काँग्रेसमा फर्केका छन् । मधेश केन्द्रित राजनीति गर्न दश बर्ष अघि पार्टी छाडेका गच्छदार एक दशकपछि नेपाली कांग्रेस मै फर्केका हुन । त्यसयता उनी निरन्तर जसो सत्तामा छन । पार्टीमा फर्कदा उनले तत्कालिन समयमा पार्टी छाड्दाको क्षण सम्झेर आँसु नै खसाले । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित काँग्रेस र नेपाल लोकतान्त्रिक फोरम बीच सोमवार पार्टी एकीकरणको औपचारिक घोषणा कार्यक्रममा गच्छदारले त्यो बेला आफुले मधेश अधिकारबारे काँग्रेसमा कुरा राख्दा सुनुवाइ नभएको र पार्टी छाड्दा केही नेताले हात तानेर नजान भनेको स्मरण गरे । उनले संविधान र लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनलाई मजबुद बनाउन काँग्रेसमा समाहित भएको पनि बताए ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसंगै फोरम काँग्रेसमा मिल्ने कुरा चलेपनि भागबण्डा नमिल्दा सहमति हुन सकेको थिएन ।एकतासंगै गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी कांग्रेसले गरेको छ ।
निर्वाचन आयोगलाई हिजो बुझाइएको समानुपातिक सिट तर्फ लोकतान्त्रिकका पाँच जना उम्मेदवारको नाम राखिएको छ । लोकतान्त्रिक फोरमका केही नेताहरुले पनि आफुहरु काँग्रेसमा नजाने भन्दै पार्टी पुनर्गठन गर्ने बताएका छन।
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको एकताकालागि भएको सहमतिपत्र
मुलुकको राजनीतिलाईअधिनायकवादतर्फ धकल्ने प्रयत्नअहिले भई रहेको स्पष्टछ । यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिकजगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु हामी सवैको कर्तव्य हो । नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम यस कर्तव्यप्रतिप्रतिवद्घ रहदै क्रियाशिल रहने संकल्पगर्दछौं । यस परिप्रेक्षमा संविधाननिर्माणगर्दा हामीदुई दलहरु समेत वीचभएको १६ वुादे सहमतिले पनिसंविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामीपुनस्मरणगर्न चाहन्छौं । यसै कुरालाई हृदयगंमगर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमानेपाललोकतान्त्रिकफोरमले उठाउादै आएकामुद्दालाई सम्वोधनगर्न नेपालीकांग्रेस सदा झै प्रतिवद्ध छ । यस प्रतिवद्धतालाई मुर्तरुप दिनहामीदुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमागर्यौं । संविधान संसोधनहुन सकेन, आगामिदिनमा यो कार्य सम्पन्नगर्नु हाम्रो साझाजिम्मेदारि हो । लोकतान्त्रिक संस्थाहरुलाई अझ सवलवनाउादै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमाहामीदुवै दलको समानमान्यता रहीआएको छ।
साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामागिरफ्तार भएकाव्यक्तिहरुको मुद्दा राजनीतिकहो भन्ने नेपालीकांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममावन्दिहुनु भएकानिर्दोषनागरिकहरुको मुद्दाफिर्ता गरी रिहाई गर्न सरकारसाग आवश्यकपहलगर्न हामीदुवै दल सहमतछौं ।
माथिउल्लेखितआधारमा नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम एक आपसमाएकतागर्न सहमतभएकाछौं । एकतापछि नेपालीकांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउासम्मका नेपाललोकतान्त्रिकफोरम र यसकाभातृ/भगिनी संस्थाहरुको संरचनाएवं सदस्यहरुको यथोचित समायोजन गर्न हामीदुवैदल सहमतछौ ।

शेरवहादुर देउवा बिजयकुमार गच्छेदार
सभापति, नेपालीकांग्रेस नेपाल लोकतान्त्रिक फोरम

असोज २८, २०७४

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.