बाम एकताले लोकतन्त्र खतरामा–काँग्रेस

काठमाडौ । असोज ३१ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहित नेपाली काँग्रेसका प्रमुख नेताहरुले बाम एकताले लोकतन्त्र खतरामा परेको बताएका छन ।
नेविसंघले राजधानीमा मंगलवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कांग्रेसका शिर्ष नेताहरुले वामपन्थीहरुले जनतालाई झुक्याएर अधिनायकवाद लाद्न खोजेको आरोप समेत लगाए ।
कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले बाम गठबन्धनले लोकतन्त्र खतरामा परेको भन्दै त्यसलाई चिर्न युवा विद्यार्थीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक एकता वलियो वनाएर अघि वढ् कांग्रेसले सवैखाले षडयन्त्र चिर्न सक्ने वताउनुभयो ।
कार्यक्रममा महामन्त्री सशांक कोइरालाले कम्युनिष्टहरु बुद्दी नभएकाहरु हुन भन्दै लोकतन्त्रका लागि काँग्रेस एकजुट भएर अघि बढ्ने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.