काँग्रेस प्रति कटाक्ष गर्दै ओलीले भने–कसले कसको श्रीमती उठाउँछ हाम्लाई त्यसको के मतलव ?

काठमाडौ । असोज ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाम एकताले काँग्रस लगायतका प्रतिकृयावादीहरु छटपटाएको आरोप लगाउनुभएको छ । पार्टी कार्यालय धुम्वाराहीमा युवा संघले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो –म नेपालका तमाम प्रतिकृयाबादीहरुलाई भन्न चाहन्छु एक भए हुन्छ, एक भैहाल, कतिसम्म किचकिच गर्ने ?
सिद्दान्त देश,जनता र समाजको विकाससँगै ब्यवहारमा देखिने बताउँदै ओलीले बामपन्थीहरुबीच ऐतिहासिक प्रयास भैरहेकोले चुनावी तालमेल र पार्टी एकिकरण सफल बनाउनुपर्नेमा ओलीले जोडदिनुभयो ।
नेपाली कांग्रेससँग कुनै पनि सिद्धान्त र चुनावी एजेण्डा नभएको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी पनि गर्नुभयो ।
उहाँले काँग्रेससँग सहि निति नभएको पनि दावी गर्नुभयो । २०४८ सालमा कम्युनिष्टहरुले बुढाबुढी मार्छन भन्ने झुटो प्रचार गरेको काँग्रेसले अहिले पनि झुटा कुरा गर्दै हिडेको आरोप लगाउनुभयो । एमालेले तल्लो स्तरका र घटिया काम नगर्ने जिकिर गर्दै ओलीले भन्नुभयो –कसले कसको श्रीमती उठाउँछ हाम्लाई त्यसको के मतलव ? काँग्रेसका झुटा कुराबाट बच्नुपर्नेमा पनि ओलीले जोडदिनुभयो ।
पार्टीले अघि सारेका योजना लिएर जनतामा जान पनि युवाहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराईले धेरै सिट मागेकोले संगै जाने स्थिति नबनेको बताउनुभयो । उहाँले भट्टराइ सजिलैसँग गठबन्धनमा आएको र सजिलै गरि गएको भन्दै त्यसले कुनै फरक नपर्ने उल्लेख गर्नुभयो ।
उहाँले चुनावी तालमेलका उम्मेदवारलाई जिताउने गरि चुनावमा खटिन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
उहाँले लोकतन्त्रको जोगेर्ना काँग्रेसले गर्न नसक्ने भन्दै त्यसको नेतृत्व एमालेले गर्ने दावी पनि गर्नुभयो । नेता नेपालले आर्थिक सम्वृदि र सुशासन अव एमालेको मुख्य योजना हुने पनि जिकिर गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.