प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद हेरफेर, माओवादीका सवै मन्त्रीलाइ बिना विभागीय बनाउँदै

काठमाडौ । असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका सवै मन्त्री र राज्यमन्त्रीको मन्त्रालय खोसेर विना विभागीय बनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रीहरुको कार्यविभाजन हेरफेर गर्दै माओवादीका सवैलाई विना विभागिय बनाएर राप्रपाबाट सरकारको नेतृत्व गरेका कमल थापालाई उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

यस्तै राप्रपाबाट मन्त्री बनेका जयन्त चन्दले आपुर्ति, दिलनाथ गिरीले सहरी विकास र विक्रमबहादुर थापाले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

गृह, परराष्ट्र विज्ञान प्रविधि लगायत छ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंमले राख्नुभएको छ । यसअघि मंगलवार नै माओवादीले प्रधानमन्त्रीले चुनाव टार्न खोजेको भन्दै सरकार नछाड्ने बताएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.