डाक्टर गोविन्द केसीको अनसन तोडियो, सरकारले अध्यादेशबाट विधेयक ल्याउने सहमति

काठमाडौ । कार्तिक २ । चिकित्सा शिक्षा सुधार र स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधवार भएको वार्तामा चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउने लगायतका सहमति भएपछि डाक्टर केसीले १४ औ दिनमा अनसन तोड्नु भएको हो ।

सहमतिपछि सरकारले माथेमा प्रतिवेदन र केसीको सुझाव अनुसार अध्यादेश मार्फत चिकित्सा शिक्षा विधेयक ल्याउने छ ।

यस्तै काठमाडौ विश्वविद्यालयले निर्धारण गरेको एमबीबीएसको शुल्क ६० लाख भन्दा बढी शुल्क खारेज गर्ने, त्रिविवि अन्तर्गत निजी मेडिकल कलेजमा स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्न पनि सरकार सहमत भएको केसी पक्षले जनाएको छ ।

शिक्षा ऐन नवौ संशोधन र सीटीइभीटी माफर्त दजनौ कलेजलार्इ दिइएको सम्वन्धन खारेजको मागमा भने सहमति भएको छैन ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारका लागि भन्दै डाक्टर केसी १४ दिन अघि अनसनमा बस्नुभएको थियो । केसीको यो १३ पटकको अनसन हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.