काठमाडौ, कार्तिक ३। आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमाका लागि बाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३२ जिल्लाका सिट बाँडफाँट गरेका छन् ।
बाम गठबन्धनको उम्मेदवार सिफारिस समितिले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा सहमति गरि क्षेत्रको टुंगो लगाएको हो ।
जिल्लाका ३७ निर्वाचन क्षेत्र मध्ये एमालेलाई २१ र माओवादीलाई १६ स्थान हात लागेको छ । एमालेले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ– १, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लङ–ु१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी र दार्चुला पाएको छ ।
यस्तै माओबादी केन्द्रले भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लमजङु, गोरखाको दुबै क्षेत्र, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व र पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोट पाएको छ ।
प्रदेशसभा तर्फका ७४ स्थानमध्ये एमालेलाई ४१ र माओबादी केन्द्रलाई ३३ स्थान छुट्टाइएको छ ।
गठबन्धन बनाउँदा नै दुई दलबीच संविधानसभा निर्वाचन २०७० र स्थानीय चुनाव २०७४ मा प्राप्त गरेको मतका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।