तीहार मनाईदै, बुटवलमा चर्को मुल्य तिरेर माला किन्नेको लाईन

बुटवल । कार्तिक ४ । नेपालीहरुको महान चाड तिहारको मुख्य दिन भाईटिका लगाएर मनाइदै छ । भाइटिकाको मुख्य साइत विहान ११ बजेर ५१ मिनेटमा भएपनि विहानैदेखि टिका लगाउने क्रम शुरु भएको छ । यो क्रम साँझ सम्म चल्छ । यता भाइटीकाका दिनसम्म पनि बुटवलमा मालाको अभाव भएपछि सर्वसाधारण लामो लाइ्न बसेर चर्को मुल्यमा फुलमाला किन्न बाध्य भए ।
विहान ४ बजेदेखि शुरु भएको माला किन्नेको लाइन अहिले ११ बजेसम्म पनि जारी छ । यसपाली फुल फुल्न ढिला भएको र बजारमा मालाको अभाव भएपछि सर्वसाधारणले घण्टौ लाइन बसेर चर्को मुल्य तिर्नु परेको हो ।

बिहानैदेखि बुटबलका मुख्यबजार क्षेत्र ट्राफिक चोक, दुर्गा मन्दीर लाइनमा माला किन्ने ठुलो भिड लागेको छ ।

तिहारमा मालाको अभाव देखाएर ब्यापारीहरुले कालो बजारि गरेको सर्बसाधारणले गुनासो गरेका छन् । भारतबाट आयातीत सयपत्री मालाको दुइसय देखी पाच सयसम्म तिरेर माला किन्न बाध्य भएको सर्बसाधारणले बताएका छन् ।

माला किन्नेको यस्तो भिड यसअघि बुटवलमा कहिल्यै देखिएको थिएन-सुख्खानगरका पदम न्यौपानेले भने । भिड र लाइन बढेपछि प्रहरी समेत परिचालन गरिएको छ ।

यो बर्ष तिहार कार्तिकको पहिलो साता नै परेकोले ग्रामिण क्षेत्रमा फुल फुलि सकेको छैन । त्यसमाथि तिहारमा धेरैजसो भारतीय बजारबाट माला आयात हुने गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.