मध्यरातमा जुवाको खालमा छापा,झण्डै दश लाख वरामद

बुटवल । कार्तिक ४ ।प्रहरीले रुपन्देहीमा जुवाको खालबाट ९ लाख भन्दा बढी रकम बरामद गरेको छ।

शनिवार मध्यरात २ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं।५ स्थितमा जुवा र कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

जुवाको खालमा खानतलासी गर्दा नगद रु।९, ४६,१९५।- , कौडा १६ थान तथा तास समेत बरामद गरी अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले जथाभावी पटका पड्काउने र जुवा खेल्ने अन्यलाई पनि कारवाही गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.