३२ जिल्लामा उम्मेदवारी दर्ता र रोचक पक्ष

काठमाडौ । कार्तिक ५। आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रजातन्त्र आएपछि निरन्तर उठ्नेदेखि एउटै पार्टीबाट युद्दमा होमिएका नेता एउटै क्षेत्रमा भिड्दैछन ।

राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि मनोनयन दर्ता शुरु गरेपछि आसन्न निर्वाचनमा हुने चुनावी भिड्न्तका रोचक संकेतहरु समेत देखिएका छन् ।

पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्रमा मंसिर १० मा चुनाव हुँदैछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन भने ४ हजार ४६५ मतदान स्थल र २ हजार ९४६ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
बाबुराम र नारायणकाजी एउटै क्षेत्रमा भिड्ने
पहिलो चरणको निर्वाचनमा सवैभन्दा रोचक गोरखा क्षेत्र नम्वर २ मा हुने देखिएको छ । त्यहाँ पुर्व माओवादीका दुइ पुर्व वरिष्ठ नेता अहिले एउटै चुनावी मैदानमा भिड्दैछन् । नेपाली कांग्रेसको समर्थनमा गोरखा-२ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई उम्मेदवार बनेका छन भने बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ पनि सोही क्षेत्रमा चुनाव लड्दैछन ।

एउटै क्षेत्रमा दुई सञ्चारमन्त्री

यस्तै रोचक सिन्धुपाल्चोकको २ नम्वर क्षेत्रमा हुँदैछ । त्यहाँ काँग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकबाट पशुपतिसमशेर राणा बाम गठबन्धनबाट एमालेका शेरबहादुर तामाङ भिड्दैछन । यस्तै सिन्धुपाल्चोककै क्षेत्र नम्वर १ मा बाम गठबन्धनका तर्फबाट माओवादी नेता अग्नि सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुनेछ । सापकोटा पुर्व सञ्चारमन्त्री हुन भने बस्नेत वर्तमान सञ्चार मन्त्री हुन ।

सधै उम्मेदवार

२०४८ सालदेखि यता सधै चुनाव लड्नेहरु पनि छन यसपाली । सिन्धुपलान्चोकबाट काँग्रेसका बलबहादुर केसी र नुवाकोटबाट रामशरण महत र अर्जुननरसिंह केसी यसपाली पनि चुनाव लड्दैछन । प्रजातन्त्रपछि ती जिल्ला सधैका चुनावमा तीनै नेताको पेवा हुँदैआएको छ ।

ठुला नेता को को ?

प्रमुख पार्टीका प्रमुख नेता यो निर्वाचनमा लड्ने छैनन । राप्रपाका पशुपति शम्शेर राणा बाहेक अरु दलका दोश्रो तहका नेताहरु भने चुनावमा भिड्दैछन । ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई तथा माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा रोल्पा र रुकुमबाट चुनावमा लड्दैछन् ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा तथा पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ ।

दोश्रो चरणको मंसिर २१ मा

दोस्रो चरणमा मंसिर २१ मा हुने चुनावका लागि ४७ जिल्लामा प्रतिनिधिसभा तर्फ ७३ र प्रदेशसभाका लागि १ सय ४६ सिटको मनोनयन दर्ता कार्तिक १६ गते गरिनेछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची भने असोज २९ गते नै दलहरुले बुझाइसकेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.