भूकम्प पिडित छाप्रामै, पुनर्निर्माण प्राधिकरण राजनीतिक स्वार्थको अखडा,पोखरेल चुनाव लड्न गए,रामचन्द्रका सम्धि भुसाल आए

बुटवल । कार्तिक ६ । भुकम्प पिडितले तीनबर्षदेखि कष्टपुर्ण जीवन बिताइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक स्वार्थको केन्द्र बन्दै गएको छ ।

एमाले सरकारले नियुक्त गरेका सुशील ज्ञवालीलाई सरकार परिवर्तन हुँनासाथ हटाएको काँग्रेस सरकारले फेरि अहिलेका सिइओ गोविन्द पोखरेललाई चुनाव लड्न पठाउने गरि राजिनामा स्वीकृत गरेर अर्का काँग्रेसीलाई सिइओ बनाएको हो ।

मन्त्रिपरिषदको सोमवारको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलको राजिनामा स्विकृत गरेको छ । नेपाली कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभाको चुनाव लड्न राजीनामा दिएका पोखरेलको ठाँउमा युवराज भुसाल नियुक्त भएका छन्।

अव म राजीनामा दिएर चुनाव लड्न जाने तयारी छु–पोखरेलले दुइ महिना अघि नै मतपत्र नेपालँसग भनेका थिए । त्यही तयारी गरेपछि उनले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारको सचिव भैसकेका भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् । उनी गुल्मीका हुन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.