छठको रौनक सवैतिर

बुटवल । कार्तिक ९ । साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । छठ पर्वका लागि मुख्य गरी तराइका नदी र जलासयका किनारहरु धुमधामका साथ सजिसजाउ गरिएको छ । राजधानीमा पनि गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीसहित वाग्मती, बल्खु, लगायत नदी किनारमा विशेष सजावट गरिएको छ ।

अटल सौभाग्य र प्रेम प्राप्ति होस् भन्ने कामनाका साथ मनाइने छठ पर्वमा व्रत बसी पूजा आराधना गरे दुःख र दरिद्रताबाट मुक्ति हुने विश्वास छ । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए ।

छठको मुख्य दिन कठोर निराहार व्रत गरी साँझ अस्ताउँदो सूर्यलाई र सप्तमीका दिन उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

यसैबीच, छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्टपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिदै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.