बुटवल । कार्तिक ९ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षततर्फ एउटै मतपत्र छाप्ने निर्णय गरेको केहिबेर मै बुधवार सर्वोच्च अदालतले अलग अलग मतपत्र छाप्नेबारे भएको प्रगति विवरण बुझाउन निर्वाचन आयोगलाई आदेश दिएपछि आसन्न निर्वाचनबारे राजनीतिक बजारमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।
कतिपयले चुनाव सार्ने बाहाना खोजिएको र अदालत सहयोगी बन्ने संकेतको रुपमा अर्थ्याएका छन भने कतिपयले सर्वोच्चले प्रकृया मात्रै पुर्याएको भनेका छन । तर जे भएपनि राजनीतिक बजार एकाएक तातेको छ ।
सर्वोच्चको आदेश र पछिल्लो विहिवार राजधानीमा पत्रकार सम्मेलन गरेर एमाले र माओवादीको गठबन्धनले चुनाव सार्ने षडयन्त्र भए स्वीकार नगर्ने चेतावनी दिएको छ ।
विहिवार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव लागि मनोनयन समेत भइसकेको अवस्थामा सर्वोच्च अदालतको आदेशले निर्वाचनबारे शंका उब्जाएको चुनाव सारे संसद ब्युतने बताए ।
चुनावकै लागि स्थगित भएको भन्दै चुनाव सारिए संसद स्वत आउने नेताहरुको भनाइ छ। दाहालले त चुनाव प्रभावित गर्न खोजे देश र संविधान कार्यान्वयनका लागि ठिक नहुने चेतावनी समेत दिनुभयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै प्रमुख दलहरुको स्वीकृतिमै निर्वाचन आयोगले मतपत्र छाप्ने प्रकृया अघि बढाउने सहमति भएको बताउनुभयो ।