धामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड

बुटवल, कात्तिक । गुल्मी–रुपन्देही सम्पर्क समाजको संरक्षकत्वमा तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा निर्माण भएको ऋङ्गेश्वर धामलाई नम’ना धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहलरुले जोड दिएका छन् । धामको प्रारम्भीक साधारण सभा तथा अधिवेसनको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख मेयर बासुदेव घिमिरे ले धामलाई देशकै उत्कृष्ठ धार्मिक गन्तव्य बनाउनको लागि आफ्नो सहयोग जहिले पनि सकारत्मक भएको बताएका थिए । कार्यक्रममा बोल्दै उनले भने–‘धामको विकासको लागि नगरपालिकाबाट के कस्तो सहयोग गर्नुपर्ने हो, त्यसमा म जहिले पनि सकारत्मक छु । ’ कार्यक्रममा नेपाल सरकारका शिक्षा मन्त्रालयका उस सचिव तथा रुपन्देही जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी बालकृष्ण पन्थीले सबैको सहयोगबाट धामको विकास भएको भन्दै आगामी दिनमा पनि सहयोग जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा धामका अध्यक्ष ऋषि भण्डारीले सबैको सहयोग, दानविरहरुको कारण धाममा हाल पशुपती मन्दिर, पशुपती सदन, हवन कुण्ड, मन्दिर निर्माण गरिएको जानकारी दिदै जेष्ठनागरीक हरुको लागि आनन्द भवन निर्माण कार्य निर्माणाधीन रहेको जानकारी दिए ।प्रहरी नायव उपरिक्षक मेघराज कडेंल ले धामले नम’ना कार्य गरेको भन्दै पवित्र काम मा सवैको सहयोग ह’न’पर्ने बताए ।
कार्यक्रममा गुल्मी रुपन्देही सम्पर्क समाजका अध्यक्ष ई. हिरा बहादुर भलामी,सल्लाकार टिकाराम घिमिरे अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष हरि प्रसाद पौडेल, जेष्ठ नागरिक मिलन केन्द्र (आनन्द भवन)का संयोजक खेमराज पुन, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कण्डेल, प्रा.डा. जिवलाल सापकोटा, गुल्मेली सम्पर्क समाजका उपाध्यक्ष नारायण पन्थ दिवाकर ढकाल नारद गौतम यादव घिमिरे क’लचन्द्र पाण्डे पदम कार्की लगायतले मन्तव्य राखेका थिए ।
ऋङ्गेश्वर धाममा भण्डारी
बुटवल, ११ कात्तिक ।
ऋृङ्गेश्वर धाम विकास समिति तिनपा ४ रुपन्देहीको प्रथम अधिवेसनबाट अध्यक्षमा ऋषि बहादुर भण्डारी चयन भएका छन् । शनिवार भएको प्रारम्भीक साधारण सभा तथा अधिवेसनबाट उपाध्यक्ष्मा यदुनाथ पाण्डे, सचिवमा केशवराज पोखरेल, सह–सचिवमा रविलाल पोखरेल चयन भएका हुन । यस्तै कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने चयन भएका छन् । सदस्यहरुमा मञ्जु खड्का(पार्वती), गिता पाण्डे, खेमराज पुन, तुलसी राम कण्डेल, गणेश हेम थापा, लक्ष्मण अर्याल चयन भएको प्रमुख निर्वाचन अधिकृत अभिवक्ता खडानन्द भण्डारीले जानकारी दिए

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.