गुल्मीको विरवासमा भएको दुर्घटनामा ९ को मृत्यु,उदयपुरमा ६ को मृत्यु

बुटवल । कार्तिक १३ ।बुटवलबाट गुल्मी जाँदै गरेको माईक्रोबस दरवार गाउँपालिकाको विरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विरवासको पहिरोनेरबाट अर्को गाडीलाई साइड दिने क्रममा गाडी सडकबाट खस्दा ८ जना घाइते भएका छन ।

बुटवल वाट गुल्मी जाँदै गरेको बा ४ ख ५५०१ नम्बरको हायस गाडी दुर्घटना भएको हो । अहिले उद्धारका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थल पुगेको छ । घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइृएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो ।

यसैबीच उदयपुरको कटारीबाट हिडेको जीप सिद्धिचरण राजमार्गमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।

कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.