सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौ । कार्तिक १४ । सर्वोच्च अदालतले पटकपटक पक्राउ गर्न आदेश दिएपनि राजनीतिक शक्तिको आडमा खुलमखुल्ला राजनीतिक कृयाकलापमा संलग्न हुदै आएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गरि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला गरेपनि फरारको सुचीमा रहेका ढुंगेललाई प्रहरीले ललितपुरको सातदोवाटोबाट पक्राउ गरेको हो ।

अदालतले ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र गत वैशाख ३ गते प्रहरी प्रधान कार्यालयलाई बुझाए पनि उनी बच्दै आएका थिए । ढुंगेललाई पक्राउ नगरेको भन्दै प्रहरीका आइजीपि विरुद्ध समेत अदालतको अवहेलनामा मुद्दा परेको थियो ।

२०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गरेको थियो । त्यसपछि केही समय जेल परेका ढुंगेललाई २०६३ सालमा पुनरावेदन अदालतले निर्दोष भनेपछि रिहा भएका थिए । तर २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको दोषी ठहर्यालएको थियो ।

ढुंगेलले २०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । उक्त घटनापछि उज्जनका भाइ गणेशकुमारले प्रहरीमा जाहेरी दिएका थिए । तर जाहेरी दिएको आरोपमा माओवादीले उज्जनका भाइ गणेशकुमारको समेत २०६९ असोज ८ गते हत्या गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.