मेलामा कुस्तीको रौनक

बुटवल, कात्तिक । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा मंगलबादेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । कुस्ती शुरु भएपछि मेलामा थप रौनक बढेको छ ।
दर्शकहरु कुस्ती हेर्न झुम्मीएका देखिन्थे । मंगलबार भएको कुस्ती प्रतियोगितामा पाँच जोडी पहलमानले प्रतिस्पर्धा गरेका गरे । भारत हरियाणाका गामा र नवलपरासीका विनोद, हरियाणाकै मोन्टी र पंजावका इमराज, बानारसकी महिला पहलमान रियो र नवलपरासीकी सौम्या बाराबरी भएभने नवालपारसीका पहलमान मोनुले मध्येप्रदेशका सैतान र बानारसका सुनिललाई पराजीत गरेको प्रचार संयोजक खेल संयोजक नेत्र रुचालले जानकारी दिनुभयो ।
यस्तै मेलामा मंगलबार लोक गायक खुमन अधिकारी, गायिका जमुना राना, आधुनिक गायक चिरञ्जीवी भण्डारी, हास्य कलाकार राजाराजेन्द्र लगायतका कलाकारहरुले भरपुर मोरञ्जन दिएको सांगितिक संयोजक गोविन्द गैरेले बताउनुभयो ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण भन्ने मूल नाराका साथ कात्तिक १८ गतेसम्म सञ्चालन गरिने यो प्रदर्शनीमा कृषि, पर्यटन तथा औधोगिक उत्पादनका स्वदेशी तथा विदेशी बस्तुहरुको प्रदर्शनी गरिएको छ । दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, वाल उद्यान लगायतका ३ सय ५० वटा स्टलहरु सहभागी रहेका छन् ।
मंगलबार १२ हजार दर्शकले अवलोकन गरेको तथा करिव डेढ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक खेम श्रीसले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.