बुटवल । कार्तिक १६ । संघीय गणतन्त्र कार्यान्वयनमा लैजाने महत्वपुर्ण पक्ष मानिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोश्रो चरणमा आगामी मंसिर २१ गते हुने चुनावका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता गरेका छन ।
निर्वाचन आयोगले अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक रुपमा मनोनयन दर्ताको काम भैरहेको जनाएको छ ।
निर्वाचन आयोगले विहान १० बजेदेखि साँझ ५ बजे सम्म सवै क्षेत्रका निर्वाचन अधिकृतका कार्यालयमा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ता गर्न समय तोके अनुसार प्रत्यक्ष तर्फ उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन । प्रतिनिधिसभातर्फ ४५ जिल्लाका १ सय २८ सिट र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि उम्मेदवारी दर्ता हुदैछ ।
दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् ।
पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने निर्वाचनका लागि भने ३२ जिल्लाको प्रत्यक्ष तर्फको मनोनयनको सकेर उम्मेदवारहरु चुनाव प्रचारमा लागिसकेका छन ।