हेवीवेट नेता को कहाँ बाट?,को को बीच हुदैछ भिडन्त ?

काठमाडौ । कार्तिक १६ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
देउवा आफै नगएर वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । देउवाको प्रतिष्पर्धीका रुपमा बाम गठबन्धनबाट खगराज भट्ट उम्मेदवार बन्नुभएको छ ।
कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट तथा नेता कृष्णप्रसाद सिटौलाले झापा ३ उम्मेदवार बन्नुभएको छ । पौडेल विरुद्द काँग्रेसका नेता तथा पुर्वगृहमन्त्री गोविन्दराज जोशी उम्मेदवार बन्नुभएको छ भने सिटौला विरुद्द राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको उम्मेदवारी परेको छ । लिङदेनलाई एमाले सहितको बाम गठबन्धनले समर्थन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ र उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ वाट , माधबकुमार नेपालले काठमाडौ २, झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । ओली विरुद् काँग्रेसले खगेन्द्र अधिकारीलाई उठाएको छ भने गौतम विरुद् संजय गौतम,नेपाल विरुद् दिपक कुइकेल र खनाल विरुद् भुपेन्द्र कट्टेल को उम्मेदवारी परेको छ ।
एमालेबाट इश्वर पोखरेल काठमाडौ-५ , विष्णु पौडेल रुपन्देही प्रदिप ज्ञावली गुल्मी-१ र गोकर्ण विष्ट गुल्मी-२ वाट उम्मेद्वारी दिनुभएको छ । गुल्मी १ मा काँग्रेसका चन्द्र भण्डारी र २ मा चन्द्र केसीको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ मा‌ आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यहाँ काग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाएको छ । यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ-२, गिरीराजमणी पोखरेल महोत्तरी १ र टोपबहादुर रायमाझीले अर्घाखाँचीवाट उम्मेद्वारी दिनुभएको छ । अर्घाखाँचीमा काग्रेसबाट रामवहादुर विसी उम्मेदवार बन्नुभएको छ ।
रुपन्देहीमा रुपन्देहीको वाम गठबन्धनका उम्मेदवार
प्रतिनिधि सभा १ छबिलाल बिश्वकर्मा
प्रदेश सभा (१क) डा. कृष्ण न्यौपाने (१ख) दधिराम न्यौपाने
प्रतिनिधि सभा २ बिष्णु पौडेल
प्रदेश सभा (२क) लिला गिरी (२ख)भोजप्रसाद श्रेष्ठ
प्रतिनिधि सभा ३ घनश्याम भुसाल
प्रदेश सभा (३क) विश्वास बराल (३ख) तुलसीप्रसाद चौधरी
प्रतिनिधि सभा ४ ओम प्रकाश यादव (गुल्जारी)
प्रदेश सभसभा(४क)पल्लवी शुक्ला (४ख) सहबुद्धिन देवान
प्रतिनिधि सभा ५ डिलाराम आचार्य
प्रदेश सभा (५क) भुमिश्वर ढकाल उम्मेदवार बनेका छन ।
यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
प्रतिनिधि सभा १ अब्दुल रञ्जाक
प्रदेशसभा १ क ताहिर अलि
प्रदेशसभा १ ख हरि न्यौपाने
प्रतिनिधि सभा २ युवराज गिरि
प्रदेशसभा २ क काजिमान श्रेष्ठ
प्रदेशसभा २ ख महेशमान सिंह
प्रतिनिधि सभा ३ दिपक बोहोरा
प्रदेशसभा ३ क देबि चौधरी
प्रदेशसभा ३ ख रामचन्द्र ढकाल
प्रतिनिधि सभा ४ प्रमोद यादब
प्रदेशसभा ४ क अष्ठभुजा पाठक
प्रदेशसभा ४ ख बसिउद्धिन खान
प्रतिनिधि सभा ५ भरत शाह
प्रदेशसभा ५ क बिष्णु पोखरेल
प्रदेशसभा ५ ख फकरुदिन खां उम्मेदवार बनेका छन ।

रुपन्देहीमा एमालेका छविलाल विश्वकर्मा विरुद्ध काँग्रेसका अब्दुल रज्जाक तथा २ मा विष्णु पौडेल र युवराज गिरी, ३मा घनश्याम भुसाल र राप्रपाका दिपक बोहोरा तथा ४ मा ओमप्रकाश यादव गुल्जारी र प्रमोद यादव र ५ नम्वर क्षेत्रमा डिलाराम आचार्य र भरत कुमार शाहबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । विवेकशिल साझा पार्टीका तर्फबाट रविन्द्र मिश्रले काठमाडौ १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काँग्रेसका विमलेन्द्र निधीले धनुषा-३, प्रकाशमान सिंह काठमाडौ- १ वाट उम्मेद्वारी दर्ता गर्नुभएको छ । यस्तै कोइराला नवलपरासी-१, गगन थापा काठमाडौ -४ बाट उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
यस्तै एमाले सचिव भीम आचार्य सुनसरी १ (ख) बाट प्रदेश सभामा मनोनयन दर्ता गर्नुभएको छ । पुर्व डिआइजी नवराज सिलवालले ललितपुर ३ बाट, कांग्रेस नेता महेश आचार्यले मोरङ ४ बाट, काँग्रेसका गगन थापाले काठमाडौ ४ बाट उम्मेदवार बनेका छन । गायिका कोमल ओली दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । यस्तै पुर्व सभामुख दमननाथ ढुंगानाले काँग्रेसका तर्फबाट भक्तपुर २ बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएको छ । राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.