शान्ति समाजको अवधारणा पत्र प्रदान

 

टवल १७ कात्तिक । आसन्न निर्वाचनको सन्दर्भ पारेर मानव अधिकार तथा शान्ति समाजले तयार पारेको २० बुँदे अवधारणा पत्र बिभिन्न दलका उम्मेदबार तथा नेताहरुलाई बुझाईएको छ । रुपन्देहीका बिभिन्न ५ संघिय निर्वाचन क्षेत्र तथा १० प्रदेशका लागि आफ्नो उम्मेदबारी दर्ता गर्न पुगेका बिभिन्न पार्टीका नेताहरुलाई जिल्ला स्थित प्रमुख निर्वाचन कार्यालय मै सो अवधारणा पत्र प्रदान गरिएको हो ।
आफ्नो मनोनयन पत्र दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय भैरहवा पुगेका बर्तमान सरकारका स्वास्थ्य मन्त्री तथा राप्रपाका बरिष्ठ उपाध्यक्ष दिपक बोहोरा, खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाक, नेकपा एमालेका उपमहासचिव एवं पुर्व मन्त्री बिष्णु पौडेल लगाएतलाई अवधारणा पत्र बुझाईएको थियो । साथै नेपाली काँग्रेसका उम्मेदबार युवराज गिरी, राजपाका सर्बेन्द्रनाथ शुक्ला, एमालेका छबिलाल बिश्वकर्मा, नयाँ शक्तिका मनिकर कार्की, प्रदेश तर्फका उम्मेदबार नेपाली काँगे्रसका महेशमान सिंह, हरि न्यौपाने, सन्तोष यादव लगाएतलाई पनि अवधारणा पत्र प्रदान गरिएको थियो ।
सबै उम्मेदबार तथा नेताहरुलाई राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र बातावरण संरक्षणलाई आफ्नो पार्टी र उम्मेदबारीको मुल एजेण्डा बनाउन आग्रह गर्दै तयार पारिएको सो अवधारणा पत्रप्रति नेताहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । शान्ति समाजको उक्त २० बुँदे अवधारणा पत्र बुझेपछि नेताहरुले आफुहरु मानव अधिकारको संरक्षण, लोकतान्त्रिक गणतन्त्र, पुर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र बातावरण संरक्षणलाई आफ्नो मुल एजेण्डा बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अवधारणा पत्र बुझाउने क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनाल, केन्द्रिय सदस्यहरु मिना ढकाल, अन्जु गौतम, केद्रिय बिभागका संयोजक लालहरी पाण्डे, जिल्ला समितिका सचिव तेजेन्द्र केसी, सदस्यहरु कृष्ण चौहान क्षेत्री, सन्जिव बस्याल, मणि घिमिरे लगाएतले बिभिन्न दलका उम्मेदबारहरुलाई मानव अधिकार तथा शान्ति समाजका मुल्य मान्यता र निति सिद्धान्तबारे प्रकाश पारेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.