मेलामा भलिवल प्रतियोगिताले थप्यो रौनक मेलाको समय एक दिन थप

 

बुटवल, १७ कात्तिक । बुटवलमा जारी मेलामा भलिबल प्रतियोगिताले रौनक थपेको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा शुक्रबार चार टिमबीच निकै रोचक खेल भयो ।
मणिमुकुन्द भलिवल क्लव ए र ब्रेभ गोर्खा बुटवलबीच भएको खेल निकै प्रतिस्प्रधात्मक बन्यो । बेष्ट अफ फाईभमा खेलाइएको खेलमा ब्रेभ गोर्खाले निकै कठिनतापूर्वक तीन सेट जितेर मणिमुकुन्दलाई पराजित ग¥यो । मणिमुकुन्दले दुई सेट जित्यो । त्यस्तै दोस्रो खेलमा मानपकडी युवा क्लवलाई ई–सेवा समाज नेपालको टिमले ३–१ सेटको अन्तरले पराजीत ग¥यो ।
शनिबार विहान ९ बजेबाट शुरु हुने प्रतियोगितामा मणिमुकुन्द क्लब बी र आधिखोला युवा क्लब हङकङ स्याङ्जा, मणिमुकुन्द भलविल क्लब ए र मानपकडी युवा क्लब, ई–सेवा समाज नेपाल र ब्रेभ गोर्खा बुटवल, प्रहरी तालिम केन्द्र र मणिमुकुन्द क्लब बी, ब्रेभ गोर्खा र मानपकडी युवा क्लब तथा ई–सेवा समाज र मणिमुकुन्द क्लब ए बीच हुने खेल संयोजक नेत्र रुचालले जानकारी दिनुभयो ।
मेलामा चर्चित गायक रामजी खाँड, मिना निरौला, मञ्जु पौडेल, शिलु भट्टराई, पुरुषोत्म गैरे लगायतका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए । शनिबार भने जीवन शर्मा, जिवन परियार, जुना मगर, उमादेवि खनाल, हास्य कलाकार शशि रिजाल लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिनुभयो ।
शुक्रबार मेलामा करिब २ करोडको कारोवार भएको र २५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक संगठनका महासचिव सिताराम रसाईलीले जानकारी दिनुभयो । मेलामा पछिल्ला दिनमा दर्शकको चाप बढ्दै गएकाले मेलाको समय पनि एक दिन थप गरिएको बताएका छन् । मेला आईतबार मात्र समापन हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.