राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा ‘राजसंस्था सहितको लोकतन्त्र’

काठमाडौ । कार्तिक २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजसंस्था सहितको लोकतन्त्र’ को नारासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

ललितपुरमा मंगलवार आयोजित कार्यक्रममा राप्रपाले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावी घोषणा सार्वजनिक गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र चाहिने भनेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले उदार तथा खुलाबजार अर्थनीति अंगाल्दै १० बर्षमा आर्थिक वृद्धि दोहोरो अंकले बढाउने लक्ष्य लिइएको छ भन्दै नेपाल बन्द नगर्ने पनि बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.