अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीलाई सम्मान

तिलोत्तमा, कात्तिक २१ । तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय तेक्वान्दो
प्रतियोगिताका विजयी खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । तिलोत्तमा-१६
जुडा स्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत जेस्मिन गुरुङ र ललित बुढा
तथा प्रशिक्षक राजकुमार पाण्डेलाई नगरपालिकाले सम्मान गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई नगर प्रमुख बासुदेव घिमिरे र
उप-प्रमुख जागेश्वरी चौधरीले जनही पााच/पााच हजार नगदसहित सम्मान गर्नुभयो
। थाइल्याण्डको बैंककमा हालै सम्पन्न सातौं तिरा ईन्टरनेशनल तेक्वान्दो
च्याम्पेन्सिप-२०१७ मा १५ देखि १८ वर्ष उमेर समूहमा गुरुङ प्रथम तथा ७ देखि ८
वर्ष उमेर समूहमा बुढा तृतीय भएका थिए ।
प्रशिक्षक पाण्डेका अनुसार सो प्रतियोगितामा विभिन्न २० राष्ट्रका खेलाडीहरुले
सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालका तर्फबाट २३ जना खेलाडी
सहभागी रहेको उहााले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा
विजयी खेलाडीहरुले तिलोत्तमाको गौरव बढाएको बताउनुभयो । खेलकुद
व्यक्तिको स्वास्थ्यसाग पनि जोडिएको चर्चा गर्दै उहाा अध्ययन/अध्यापनसागै
खेलकुदलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य डिबी थापाले निरन्तरको प्रयासले विद्यार्थी खेलाडीहरुले
अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएको बताउनुभयो । सो अवसरमा
विद्यालयका प्राचार्य डिबी थापा र खेलाडी द्धयका आमा, बुबालाई समेत सम्मान
गरिएको थियो । विभिन्न वडाका वडाध्यक्ष समेत सहभागी सम्मान कार्यक्रम
नगरपालिका शिक्षा ईकाई प्रमुख मित्रमणि खनालको सञ्चालनमा भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.