अब सिद्धिने पालो नेपालका कम्युनिष्टहरुको हो : कांग्रेस नेता खाँण

काठमाडौ, २१ कर्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै सिद्दिनेदावी गर्नुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले सो कुराबताउनुभएको हो ।

उहाँले नेपाली जनता सधैभरी लोकतान्त्रिक शासन पद्धति,शान्ति र विकासको पक्षमा रहेको बताउदै भन्नुभयो,“ निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड र ओली नामका दुइजना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउदैन लोकतन्त्रका लागि निरड.कुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरङ्कुशतास्वीकार गर्नै सक्दैनन ।”

नेता खाँणले अधिनायकवादीहरुलाई आफ्नो सत्ता अकण्टक रहने भ्रम रहने उल्लेख गर्दै भन्नुभयो, “पूर्वी जर्मनीमा जसरी युवाहरुले कम्युनिष्टहरुले लगाएको पर्खाल तोडे, त्यसरी नैनेपाली युवाले निरंकुश र अधिनायकवादको मार्गमा जान अग्रसर नेपालका कम्युनिष्टहरुको महत्वकांक्षाको पर्खाल चकनाचूर पारिदिनु पर्दछ।”

उहाँले कम्युनिष्ट नेताहरुले उठाएको खोक्रो राष्ट्रवादलाई पनि उदांगो पार्नु आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ हामी भौलोगिक, सांस्कृतिक, जातिय र धार्मिकविविधतायुक्त यो देशलाई सबैको साझा देशको रुपमा विकास गर्ने संकल्प लिएर हिडेका छौ । तर कम्युनिष्ट मध्येको ठूलो दलका अध्यक्षले देशको ठूलो हिस्सामा बस्ने नेपालीलाईभड्काउने काम गर्नुभएको छ ।”

“मुलुकमा विखण्डनको विउ रोप्न खोज्ने सि के राउत र एमाले अध्यक्ष ओली एकै सिक्काका दुई पाटा हुन, कोही पनि भ्रममा नपरे हुन्छ ” नेता खाँणले भन्नुभयो ।

नेता खाँणले प्रतिप्रश्न गर्नुभयो, “हिमाल, तराइ र पहाड मिलेर बनेको मुलुकमा एक भागमा बस्नेले अर्कोलाई गाली गर्ने, एक जातिले अर्को जातिलाई गालि गर्ने एक धर्म रसंस्कृतिका अनुगामीले अर्को धर्म र संस्कृतिका अनुगामीलाई गाली गर्दा राष्ट्रियता बलियो हुन्छ कि एकर्काको बीचमा सुहार्द सम्बन्ध कायम राख्दा राष्ट्रियता बलियो हुन्छ ?

उहाँले हरेक नेपालीले देशको माया गरेको बताउदै सीमा क्षेत्रका बासिन्दाले विभिन्न कष्ट सहेर पनि देशको सीमाको रक्षा गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“मधेशवासी लगायतअन्य भूभागमा बस्ने नेपालीलाई गाली गर्नु राष्ट्र कमजोर पार्नु हो । राष्ट्रलाई खण्डित गरेर नेपालको राष्ट्रियताको रक्षा हुन सक्दैन । राष्ट्रियहित र एकता सबल बनाउन सबै भाग रप्रदेश एकावद्ध भएर बस्नुपर्छ ।”

उहाँले नेपाली कांग्रेस पहाड र तराइको पुल भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले कम्युनिष्ट नेताहरुको कथनी र करणीको अन्तर औल्याउदै भन्नुभयो, “प्रयोगशाला भन्ने पुस्तकका लेखकले २०६९ सालमा ओलीले गोप्य रुपमा होटल एभरेष्टको कुन रुममाकुन समयमा कति घण्टा भेट गरे भनेर किटानीसाथ लेखेका छन् । अनि उनै राष्ट्रवादी हुने ?”

कार्यक्रममा नेता खाँणले भन्नुभयो,“कम्युनिष्ट पार्टीका कुन कुन नेताले कुन कुन एजेन्सीबाट कस कसको पैसा खाएका छन हामीसंग रेकर्ड छ ।”

उहाँले विदेशीको खोल ओढेर, माक्र्सवादको खोल ओढेर नेपालका कम्युनिष्टहरुले नयाँ पुस्तालाई आकर्षण गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

“मदन भण्डारीले ल्याएको बहुदलिय जनवादलाई नेपाली जनताले स्वीकार गरेका हुन । नेकपा माओवादी पनि संसदीय व्यवस्थामा आएपछि जनताले स्वीकार गरेका हुन ” उहाँलेभन्नुभयो,“अहिले दुवै दलहरु कम्युनिष्ट अधिनायकवादको सपना देखिरहेका छन, लोकतान्त्रिक पद्धति र मौलिक स्वतन्त्रता उपभोग गरिहेका नेपालीलाई त्यो कदापि स्वीकार्यहुन सक्दैन ।”

उहाँले नेपाली कांग्रेसले सम्पूर्ण देशवासीको लागि अनुकूल हुने गरी उद्योग, व्यापार, शिक्षा, पूर्वाधार र आर्थिक विकास सम्बन्धी नीति ल्याएको उल्लेख गर्दै भन्नुभयो,“ हाम्रो पाटीलेआफै व्यवसाय गरेको छैन, कम्युनिष्टहरुले खोलेका छन । उनीहरु सत्तामा आएमा आफ्ना संस्था र व्यवसाय बचाउने काम गर्छन । त्यतिवेला स्वतन्त्र व्यवसायीले के गर्ने ? निजीलगानीकर्ताको अवस्था के होला ?”

नेता खाँणले पहिले एमालेको तर्फबाट सांसद बनिसक्नुभएका नेपालका प्रसिद्ध उद्योगी तथा व्यापारी विनोद चौधरीको नेपाली कांग्रेस प्रवेशले पनि मुलुकमा वामपन्थीको वर्चश्वउद्योगी,व्यापारी र आफ्नो व्यवसाय गरिखाने व्यवसायीहरुले अस्वीकार गरेको प्रमाणको रुपमा व्याख्या गर्नुभएको थियो ।

मुलुक प्रगतिको पथमा गैरहेको बताउदै नेता खाँणले भन्नुभयो,“संसारभरी विलय भैसकेको नीति नेपालका कम्युनिष्टहरु धिपधिप बाली राख्न चाहन्छन ।”

नेका नेता खाँणले नेपाली कांग्रेसले लोकतन्त्रको स्थापना र विकासका साथै देशको पूर्वाधार,सामाजिक सेवा र आर्थिक विकासको क्षेत्रमा गरेका कामहरु गर्व गर्न लायक भएको पनिउल्लेख गर्नुभयो ।

२०४६ सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुले लोकतन्त्रको संस्थागत विकास सहित आर्थिक सामाजिक विकासमा पनि अवरोध सिर्जना गरेको आरोप लगाउदैभन्नुभयो,“कम्युनिष्टहरुलाई सुधार्ने नाममा यो मुलुकले धेरै मूल्य चुकाएको छ तर कम्युनिष्टहरुको अवस्था देखिहाल्नुभयो, अझै अधिनायकवादको सपना देखिरहेका छन् ।”

उहाँले मंसिर १० र २१ गते हुने संघीय र प्रादेशिक संसदको निर्वाचन लोकतन्त्रवादी गठवन्धनलाई बहुमतमा पु¥याउन देशको प्राज्ञिक जगत पनि उत्तिकै सक्रिय रुपले सहभागी हुनआग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपालका सभापति जगत तिमिल्सिनाले यस पटकको निर्वाचन लोकतान्त्रिक पद्धतिमाथिको जीवन मरणको सवाल भएकोले सबैप्राध्यापकहरुले नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन सक्रिय हुन आग्रह गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.