भैरहवा, २१ कार्त्तिक । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले अब मुलुकको नेतृत्व बामपन्थीले गर्ने बताएका छन् । उनले चुनाव लगत्तै बामपन्थीको सरकार बन्ने र त्यसले देशको सम्बृद्धि गर्ने बताए ।
नेकपा एमाले र माओवादी केन्द्र क्षेत्र नं. ३ प्रदेश सभा १ को संयुक्त चुनाव परिचालन समितिद्वारा मंगलबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कााग्रेस र राप्रपाबाट अब देश विकासका आशा हराइसकेकाले बामपन्थी शक्तिहरु एकजुट भएको बताए ।
‘हामीले समाजवाद ल्याउाछौं भन्दा अत्तालिनेहरु अहिले कम्युनिस्ष्टहरु एकजुट भएर चुनावमा जाादा झनै आत्तिएका छन्, यस्ता शक्तिबाट हामीलको कसरी देश विकास र आर्थिक सम्बृद्धिको सपना देख्ने’, भुसालले भने । कााग्रेस-राप्रपाले लोकतन्त्र बचाउन नसक्ने बताउादै भुसालले आफूहरुको कााधमा युगिन जिम्मेवारी आएको बताए । भुसालले त्यो जिम्मेवारीलाई दुईतिहाई बहुमतका साथ कम्युनिष्टहरुले सक्षम तरिकाले निभाउने दावी गरे । ‘कम्युनिस्टहरुको दुई तिहाई आउाछ भन्ने डरले आफूलाई लोकतन्त्रवादी शक्ति हौं भन्नेहरुले अहिले अधिनाकवादतर्फ जान लाग्यो बामपन्थी गठबन्धन भनिरहेका छन्’, भुसालले भने- ‘जसले दुई तिहाई शक्तिको अपमान गर्छ, त्यो आफै सिद्धिन्छ ।’
मुलुकको नेतृत्व लामो समय काागे्रसले गर्दा देशको विकास हुन नसकेको बताउादै भुसालले अब बामपन्थीहरुको नेतृत्वले विकास गर्ने बताए । क्षेत्र नं. ३ लाई लुम्बिनीसाग जोडेर विकास गरे मात्रै समग्र रुपन्देहीको विकास हुने उनको तर्क छ । राप्रपा नेता तथा रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार दीपक बोहोरातर्फ इंकित गर्दै उनले भने- ‘पटक-पटक मन्त्री हुने तर जनचाहना अनुसार विकास गर्नुको सट्टा कहिले कुन काण्ड मच्याउने, कहिले कुन काण्ड मच्याउने’, अब भन्नुहोस् जनताले र सााच्चिकै कााग्रेस जनले राप्रपालाई भोट हाल्छन्, की लोकतन्त्रवादी शक्तिलाई, उनले प्रश्न गरे ।
मतदातालाई इतिहासलाई फर्केर हेर्न आग्रह गर्दै भुसालले आफू पैसा र शक्तिको बलमा भन्दा पनि इमान्दारिता, विचार र जनचाहनाअनुसार क्षेत्र नं. ३ को विकास गर्न उम्मेदवार भएको बताए । उनले २०५१ सालमा आफूले जित्दा संक्रमणकालीन अवस्थामा पनि रुपन्देहीको विकासका लागि थुप्रै काम गरेको दावी गरे ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हकिकुल्लाह खाानले लोकतन्त्र बलियो बनाउन बामपन्थीले जित्नु पर्ने बताए । उनले जनतालाई भ्रममा पारेर संक्रमणकालीन अवस्थाको फाइदा उठाउने कााग्रेस र राप्रपा कुनै पनि हालतमा मतदाताको रोजाईमा नपर्ने बताए ।
बामगठबन्धनका तर्फबाट प्रदेश सभा १ का उम्मेदवार विश्वास बराल -अनुप)ले बामपन्थीले जिते मात्र स्थिर सरकार र विकासका ढोका खुल्ने बताए । उनले मतदाताहरु अन्यौलमा नपरी बामपन्थीका उम्मेदवारहरुलाई मतदान गरी जिताउन आग्रह गरे । एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरेले कााग्रेस नेता आलोकनाथको हत्याराहरुले अहिले कुन मुखले कााग्रेसलाई भोट माग्ने भनेर प्रश्न गरे ।
निर्वाचन परिचालन कमिटीका अध्यक्ष हितराज पन्थीको अध्यक्षता, चोपलाल आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेताहरु पुष्पाञ्जली उपाध्याय, हरि प्रसाद अधिकारी, डा.रामप्रसाद बस्याल, पम्फावती खनाल, रमेश पौडेल, प्रेमकुमार सेञ्चुरी, जीवलाल अर्याल, उमा काफ्ले, बुाद राना, श्याम खरेल लगायतको उपस्थिति थियो ।