काठमाडौ । कार्तिक २१ ।उत्तर कोरियाप्रति आक्रामक बन्दै आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुगेपछि भने एकाएक नरम भएका छन ।
पहिलो एशियाली भ्रमणका क्रममा मंगलवार दक्षिण कोरिया ट्रम्पले उत्तर कोरियालाइ वार्ताको टेबुलमा आउन आग्रह मात्रै गरेनन, आफ्ना आणविक हतियार परित्याग गर्नेवारे सोच्न समेत आग्रह गरे ।
दक्षिण कोरियाली समकक्षी मुन जेइ-इनसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर कोरिया वार्ताको टेबुलमा आए विश्वमा देखिएका धेरै समस्या समाधान हुने बताउनुभएको थियो ।
ट्रम्पको पछिल्लो अभिब्यक्ति निकै भिन्न भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
यसअघि, सोमवार जापानमा ट्रम्पले प्रधानमन्त्री सिन्जो आवेसँग अमेरिकी हतियार प्रयोग गरि जापानले उत्तर कोरियाका रकेट खसाल्न सक्ने भन्दै आक्रामक अभिव्यक्ति सहित हतियार किन्न भनेका थिए ।