च्ुानाव प्रचार समिति गठन

 

भैरहवा, २३ कार्तिक । ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द्र) को संयुक्त भेलाले रुपन्देहीको मायादेवी गाउँपालिका वडा न.८ मा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
भेलाले ढुंडीराज खनाल संयोजक र शंकर ज्ञवाली सह–संयोजक रहेको ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपन्देही क्षेत्र न.३ का वाम उम्मेदवार घनश्याम भुषालले सम्वोधन गर्दै वाम एकता आजको आवश्यकता भएको बताए । उनले अबको चुनाव पछिको सरकारले देशलाई समृद्धिको दिशामा अघि बढाउने स्पष्ट पारे । भेलामा एमाले नेतृ पंफावती खनालले अबको विकास वामपन्थी पार्टीको सरकारले मात्र गर्न सक्ने बताइन ।
यसै बीच मायादेवी गाउपालिका वडा नं.७ को वडा भेला सम्पन्न भएको छ । भेलाले शैलेश पाण्डे संयोजक र राम केवल लोध सह–संयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेका ेछ ।
भेलामा रुपन्देही क्षेत्र न.३ अन्र्तगत प्रदेश सभा सदस्य १ का उम्मेदवार विश्वास बराल (अनुप), माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकर शंकर ज्ञवाली, कमला थापा एमाले नेतृ पम्फावती खनाल लगायतले बोल्दै वामपन्थीहरुको जित सुनिश्चित रहेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. १२ को वडा भेलाले घनेन्द्र विक्रम पाण्डे संयोजक र डम्बर बहादुर खत्री सह–संयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
भेलामा पार्टीका जिल्ला कमिटी सदस्य प्रेम कुमार सेञ्चुरीले अबको निकास वामपन्थी सरकार रहेको र त्यसका लागि वाम उम्मेदवारलाई जिताउनु रहेको बताए । भेलाले आर्थिक, प्रचारप्रसार लगायतका विभिन्न उपसमिति पनि गठन गरेको छ ।
भेलाले छिटै वडा स्तरिय निर्वाचन प्रचारप्रसार कार्यालय खोल्ने पनि निर्णय गरेको छ । भेलाको सञ्चालन शालिक राम पाण्डेले गरेका थिए ।
यसै बीच सि.न.पा. १३ को .भेलाले सतिस मर्सानी संयोजक रहेको ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
भेलाले सतिस मर्सानी संयोजक रहेको १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । भेलामा प्रदेशसभा सदस्य ३(१) का उम्मेदवार विश्वास बराल (अनुप), एमाले नेतृ पम्फावती खनाल, माओवादी केन्द्रका सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य लगायतले बोल्दै प्रदेशसभा र प्रतिनिधिसभामा वाम गठबन्धनले जित्ने दावी गरे

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.