भूकम्प जाँदा एक सय ४५ जनाको मृत्यु

काठमाडौ । कार्तिक २७। इरान र इराक बिचको उत्तरी सीमा क्षेत्रमा सात दशमलव तीन म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा एक सय ४५ जनाको ज्यान गएकोछ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार पश्चिमी इरानको कर्मन्साह प्रान्तमा मात्रै कम्तिमा एक सय ४१जनाको मृत्यू भएको हो । भूकम्पमा परी कम्तिमा एक हजार मानिस घाइते भएको जनाइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण यूएस जीएसका अनुसार भूकम्पको केन्द्रविन्दु इराकी सीमावर्ती शहर हलब्जाबाट दक्षिण पश्चिम ३२ किलोमिटरको दुरीमा रहेको थियो । यो स्थान राजधानी बग्दादबाट तीन सय ५० किलोमिटर उत्तरमा पर्ने सीएनएनले जनाएकोछ ।
सारपोले जहाब शहरमा सबैभन्दा बढी हताहती भएको इरानी समाचार समिति इस्नाले जनाएकोछ । इराकमा पनि चार जनाको मृत्यु भएको जनाइएकोछ । मृतकको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।
भूकम्पको धक्का टर्की, इजरायल र कुवेतसम्म पनि महशुश गरिएको थियो । स्थानीय समय अनुसार राती नौ बजेर अठार मिनेटमा सो भूकम्प गएको थियो । मानिसहरु अत्यधिक त्रसित भएको र आ आफनो घर छाडेर सडकमा आएको जनाइएको छ।
वर्ष २००३ मा इरानमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको शक्शिाली भूकम्पबाट करीब २६ हजार मानिस मारिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.