हुदलीय प्रतिष्प्रर्धालाई स्वीकार गरेकै कारण मदन भण्डारीको हत्या भएको हो–खाँण

बुटवल । कार्तिक २८। नेपाली काग्रेसको चुनावी प्रचार अभियानका संयोजक बालकृष्ण खाणले बहुदलीय प्रतिष्प्रर्धालाई स्वीकार गरेकै कारण एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या भएको भन्दै छानविन गरि दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।

प्रदेश नम्वर पाचको प्रेस युनियनको प्रचार डेक्सको आज बुटवलमा उद्घाटन गर्दै काग्रेस नेता खाणले मदन भण्डारीको कम्युनिष्टहरुले नै गरेको हुन सक्ने आंशका ब्यक्त गर्नुभयो ।

कम्युनिष्ट शासन नेपाली जनताले स्वीकार्नै नसक्ने दावी गर्दै उहाले कम्युनिष्ट अधिनायकवाद विश्वबाटै हराइसकेको उल्लेख गर्नुभयो ।
यसैबीद्ब नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
चुनावी प्रचार प्रसारलाई अझै तिव्रता दिनको लागि कांग्रेले सोमवार क्षेन ५ को ९ ख ० गैडहवा गाउपालिका वडा नं। १ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेद्वार भरत कुमार शाहले चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै यस क्षेत्रमा नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
यस क्षेत्रमा आफुले गरेका विकास निर्माणका काम देखेर नै आफुलाई मतदाताले भोट दिने उँहाले ठोकुवा गर्नु भयो ।
पुर्व सांसद तथा अर्थ राज्य मन्त्री समेत रहनु भएका शाहले विकास निर्माणको अधुरा कामहरु अब पुरा गर्ने भएकाले आफुले उम्मेद्वारी दिएको बताउनु भयो ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ९ख० का प्रदेश सभाका उम्मेद्वार फखिरउद्धिुन खाँले यस क्षेत्रलाई समग्र लुम्बिनी सँग जोडर गुरुयोजना बनाउने आफु सँग भिजन भएकाले आफुले उम्म्दवारी दिएको बताउनु भएको छ ।
साविक साँडी गाविसका बुथ सभापति राज कुमार शिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापति ओसी उल्लाहा मुसलमानले मद्येशको समस्या नेपाली काँग्रेसले सामाधान गर्न सक्ने भएकाले रुख चिन्हमा भोट दिन आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले , नेकपा माओबादी केन्द परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ । यस्तै आज नै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ४ मा अगुवा कार्यक्रता भेटघाटमा समेत उम्मेद्वार भरत कुमार शाह ब्यस्त रहनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.