नेपाल एसिसी अन्डर नाइन्टिन एशिया कपको सेमीफाइनलमा,साविकको विजेता भारत बाहिरियो

काठमाडौ । कार्तिक २८ । नेपाल पहिलो पटक एसिसी अन्डर नाइन्टिन एशिया कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

समुहको अन्तिम खेलमा बंगलादेशले भारतलाइ आठ विकेटले पराजित गरेपछि नेपाल उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।यसअघि नेपालले मंगलवार नै भएको समुहको अन्तिम खेलमा घरेलु टोली मलेसिया लाइ आठ विकेटले पराजित गरेको थियो । हार संगै साविकको विजेता भारत भने समुह चरण बाटै बाहिरिएको छ ।

टस हारेर बायुमास ओभल मैदानमा ब्याटिङ गरेको मलेसिया विरुद्ध नेपालका स्पिनर संदिप लामिछानेको पांच विकेट लिएपछि मलेसिया १५ ओभर तीन वलमा मात्र ४५ रनमा अल आउट भएको थियो । मलेसियाका सैफ उल्लाह मल्लिकले १३ र सइद अजिजले १२ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन् सकेनन् ।

छैटौ ओभरमा अनिल कुमार शाहले ओपनर भिरनदिप जगजित सिंहलाइ ब्यक्तिगत दश रनमा आउट पार्दै नेपाललाइ पहिलो सफलता दिलाएका थिए । मलेसियालाइ कम स्कोरमा रोक्न संदिपले महत्वपुर्ण वलिङ गर्दै पांच विकेट लिए ।

४६ रनको लक्ष्य नेपालले पांच ओभर तीन मात्र दुइ विकेट गुमाउदै पुरा गरेको थियो । नेपालको जीतमा अनिलले अविजीत २६ रन बनाए । दिपेन्द्रले तीन वलमा १२ रन जोड्दा आसिफ शेखले चार रन बनाए ।

वर्षाका कारण झन्डै साढे चार घन्टा ढिलो सुरु भएको खेल ५० बाट २४ ओभरमा झारिएको थियो । नेपालले सेमीफाइनलमा शुक्रबार समुह बी को विजेता अफगानिस्तान संग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले भोली समुह ए को उपविजेता पाकिस्तान संग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.