माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन, बाटो मै सास गैसकेको अस्पतालको भनाई

काठमाडौ । मंसिर ३ । पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ ।

आइतवार विहान लाजिम्पाट स्थित निवासमा अचेत भएका प्रकाशको राजधानीको नर्भिक अस्पताल नपुराउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

विहान अचेत अवस्थामा दाहाललाई थापाथली स्थित नर्भिक अस्पताल पुर्याईएको थियो । पारिवारिक श्रोतका अनुसार प्रकाशको ओच्छ्यानमै निधन भएको थियो । विहान छिट्टै उठ्ने गरेका प्रकाश नउठेपछि विस्तारमा जाँदा नै अचेत रहेको र उनको शरिर चिसो भैसकेको बताइएको छ ।

छोराको निधन भएपछि चुनावी प्रचारका क्रममा झापा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल नर्भिक अस्पताल पुग्नुभएको छ ।

यस्तै प्रकाशकी कान्छी पत्नी विना दाहाल पनि आइपुग्नुभएको छ । विना कन्चनपुरमा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।

माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य समेत रहेका प्रकाश लामो समययता बुवा पुष्पकमलको नीजि सचिवको रुपमा काम गर्दै आउनुभएको थियो ।
प्रकाशको शव अन्तिम श्रदान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.