माओवादीले ७ गते प्रकाश दाहालको स्मृतिमा श्रद्दान्जली सभा गर्ने,प्रधानमन्त्री सहित शीर्ष नेता पुगे लाजिम्पाट

काठमाडौं, ४ मंसिर – माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको स्मृतिमा माओवादी केन्द्रले मंसीर ७ गते श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका पोलिटव्युरो सदस्य प्रकाशको निधनमा ७ गते दाहाल निवास मै केन्द्रीय श्रद्दान्जली सभा र ५ गते देशब्यापी श्रद्दान्जली सभा गर्ने निर्णय गरेको हो ।

सोमवार नै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ले लाजिम्पाटमै पुगेर माओवादी अध्यक्ष दाहाललाई पुत्रशोकमा समवेदना दिएका थिए । तस्वीर–चेतन अधिकारी

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.