बुटवलमा उद्योगी व्यवसायीको वृहत भेला

बुटवल, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ ।
बाम गठबन्धनको पक्षमा रहेका यहााका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने खालका उद्योग स्थापना गर्न अब बन्ने सरकारले विषेश रणनीति बनाउने उल्लेख गर्नुभयो ।

उहाले राष्ट्रिय उत्पादन बढाउन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । पौडेलले भन्नुभयो, ‘अबको स्थीर सरकार बन्नेछ, राष्ट्रिय उत्पादन बढाउन के कस्ता नीति आवश्यक पर्छ हामीलाई सुझाव दिनुहोस् ।’

नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका नेता पौडेलले कम्तीमा पााच वर्ष टिक्ने सरकार अब बन्ने भएकाले दीर्घकालिन औधौगिक नीति बनाउन सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो । स्देशमा उत्पादन गरको भन्दा आयात गरेको बस्तु सस्तो भएमा स्वदेशी उद्योगहरु चल्न नसक्ने भन्दै त्यसकालागि उपयुक्त नीति बनाएर मात्र राष्ट्रिउ उत्पादन बढाउन सकिने उहााले धारणा राख्नुभयो । अब मुलुकमा राजनीतिक घोंचपेच मात्र नगरेर सृजनाको लागि सोच्नुपर्ने भन्दै मुलुक समृद्ध बनाउनकै लागि बाम तालमेल गरिएको उहााले तर्क गर्नुभयो ।

नेपालका विभिन्न ठाउामा भेटिएका खानीहरुको अध्ययन गर्नुपर्ने नेता पौडेलले उल्लेख गर्नुभयो । मुस्ताङ र मकवानपुरमा भेटिएको युरेनियम, नवलपरासीको फलाम, दैलेखको ग्यास खानी जस्ता भूगर्वका खानीहरुलाई विस्तृत अध्ययन गरी स्वदेशमै यसको व्यवस्थापन गर्न सकिने उल्लेख गर्नुभयो । देशको आर्थिक विकासको लागि निजी क्षेत्रको निकै महत्वपूर्ण भूमिका हुने भन्दै पौडेलले भन्नुभयो, ‘निजी क्षेत्रलाई मालचरा जस्तै उड्ने नीति बनाउन आवश्यक छ, यसको लागि हामीलाई सुझाव दिनुहोस् ।’
कार्यक्रममा एमाले नेताहरु रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरी, २ भोजप्रसाद श्रेष्ठ, मोवादी केन्द्रकातर्फबाट समानुपातिक उम्मेदवार रामप्रसाद बन्जाडे, उद्योगी व्ययवासायीहरु बाबुराम भट्टराई, बाबुराम बोहोरा लगायतले बोल्दै देशको आर्थिक विकासको लागि नीतिगत ब्यवस्था मिलाउन सबै बामहरुको एकता आवश्यक रहेको चर्चा गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.