नगर विकासका लागि बाम गठबन्दनलाई भोट

भैरहवा, ५ मंसिर ।
आगामी मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न पार्टीहरुले आआफ्नो प्रतिबद्धता जनाउन लागेका छन् । ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द्र) सि.न.पाले पनि आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरी घरदैलो अभियानमा जुटेको छ । बिभिन्न वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरेर सम्पूर्ण पार्टी कार्यकर्ता हरुलाइ चुनाव प्रचार प्रसारमा खटाइएको गठबन्दनको भनाइ छ ।
यसै सन्दर्भमा मंगलबार प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तर्गतको सिद्धार्थनगरका विभिन्न क्षेत्रमा गठबन्दनले घरदैलो अभियान संचालन गरेको छ । घरदैलो अभियानका क्रममा सहभागि प्रतिनिधिसभा क्षेत्र नं.३ का उम्मेदवार घनश्याम भुसालले विभिन्न चोकहरुमा भएको कोण सभालाइ सम्बोधन गर्दै समग्र देस र सिद्धार्थनगरको विकास चाहानेहरुले बाम गठबन्दनलाइ नै विजयी बनाउनु पर्ने बताए । स्थानीय निकायको निर्वाचनमापनि सिद्धार्थनगरमा एमालेले जितेको हुँदा नगरको विकास सुरुवात भइसकेको बताउँदै उक्त विकासको कामलाइ पूर्णता दिनको लागि आगामी निर्वाचनमापनि बाम गठबन्दनका उम्मेदवारहरुले जित्नु आवस्यक रहेको उनले बताए । विगतको निर्वाचनमा जनतालाइ आस्वासन बाँडेर चुनाव जितेपनि जनताको लागि सिन्को नभाँचेका उम्मेदवार फेरी जनतालाइ आस्वासन बाँडन आएको भन्दै उनले अब जनता आफैले उम्मेदवारको हैसियत बुझिसकेको हुँदा बाम गठबन्दनका उम्मेदवारको जित सुनिश्चित रहेको विस्वास व्यक्त गरे ।
कार्यक्रममा क्षेत्र नं.३ प्रदेससभा १ का उम्मेदवार विस्वास बराल अनुपले यस क्षेत्रमा काम भन्दा बढी कुरा गर्न जानेका उम्मेदवार भएको हुँदा जनताले आफुहरुलाइ जिताउनको लागि आत्तिएको बताए । उनले जनतालाइ पैसा बाँडेर र झुटा आस्वासन बाँडेर अब चुनाव जित्ने दिन समाप्त भएको हुँदा स्विार्थ रुपमा विकासका काम गर्नेलाइ भोट हाल्न जनताले बाम गठबन्दनलाइ नै रोज्ने दावी गरे ।
सिनपा १ र नगरका मुख्य मुख्य चोकहरुमा सम्पन्न घरदैलो अभियानमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार हकिकुल्ला खाँ, सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले, क्षेत्र नं ३ का प्रचार प्रसार सह संयोजक चोपलाल आचार्य, वाइसिएलका केन्द्रीय उपाध्यक्ष पुजा कार्की लगायत हजारौंको सहभागिता थियो ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.