बाम गठबन्धनका उम्मेदवार मतदाता भेटघाटमा केन्द्रित पूर्वअर्थमन्त्री पौडेललाई घर–घरबाट मतदाताहरुले स्वागत गरे मतदाता भन्छन हाम्रो भोट बामगठबन्धन लाई

 

बुटवल, ५ मंसिर ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा बाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।
आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित बाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका हुन् । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सक्रिय भएका हुन् ।

 


नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत बुटवलको वडा नम्बर ८ सुख्खानगरमा घरदैलो र मतदाता भेटघाट गरेका छन् । उपमहासचिव पौडेलसँगै प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठ पनि सहभागी थिए । पूर्वअर्थमन्त्री पौडेललाई घर–घरबाट मतदाताहरुले सडकमा आएर स्वागत गरेका थिए ।
घरदैलोमा उनले मतदाहरुमाझ आफ्ना भावी योजनाका बारेमा अवगत गराए । आफू यस क्षेत्रका समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि पहल लिने प्रतिबद्धता पौडेलले ब्यक्त गरे । दुई नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उनले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने बताए । नेता
पौडेल ले आफु जनताको सेवक भएको र अझै सेवा गर्ने बताए छ । नेता पौडेल यसक्षेत्रको बिकास गरेको आगामि दिनमा अझ बढी विकास जनताको सेबक भएर गर्नेे बताए घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफूले जिम्मा लिने प्रतिबद्वता जनाए ।
त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले मंगलबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा घरदैलो गरेका छन् । सबैभन्दा धेरै मतदाता रहेको उक्त वडामा मंगलबार बिहानैदेखि उनले घरदैलो गरी मतदाताका गुनासो सुनेका थिए । सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था मिलाउनका लागि पनि बामपन्थी गठबन्धनलाई बहुमत सहित विजयी गराउनुपर्ने उनको आग्रह थियो ।
त्यस्तै एमालेले मंगलबारै बुटवल वडा नम्बर ११ मा युवा भेला गरी चुनावी प्रचार अभियानलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । निर्वाचन नजिकिएसँगै जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका बाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई बढाउँदै लगेको एमाले रुपन्देहीका कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरेले बताए ।
पाँच नम्बर प्रदेशकै विकास निर्माण गर्नु, यो क्षेत्रलाई प्रदेशको राजधानी बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पूरा गर्न उम्मेदवारहरुले स्थानीय मतदाताको सहयोगको अपेक्षा समेत गरेका थिए ।
“यो क्षेत्रमा विकास निर्माणका काम के के भएका छन्, हुनुपर्ने के के छ, त्यसका बारेमा म जानकार छु, यहाँका समस्याको बारेमा पनि म जानकार छु, त्यसैले तपाईहरुले भोग्दै आएको समस्या समाधान गर्ने अवसर दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु”–बुटवल–११ मा घरदैलो गर्दै गिरीले मतदातासामु भने ।
मतदाता भेटघाटका क्रममा एमाले नेता पौडेलले बामपन्थीको घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन भए मुलुक आर्थिक रुपले समृद्ध हुने बताउँदै यसका लागि बाम गठबन्धनको सरकार आवश्यक रहेका बताएका थिए । ‘यो क्षेत्रको विकासका काममा जनप्रनिधि भएर काम गर्नेछु’ पौडेलले मतदाता समक्ष भने ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.