सिमावर्ती बेलहियाबासीको अठोट नाका बन्दी बिरुद्ध नझुक्ने बाम गठबन्धन सरकार बनाउने

 

भैरहवा ५ कार्तिक
भारतले लगाएको ६ महिना लामो नाका बन्दी बिरुद्ध लडेर नेपाल भारत सिमा बेलहिया नाका सहज बनाएका बेलहियाबासी मँगलबार बिहान हातमा सूर्य र गोलाकारभित्र को हसिया हथौडाको झण्डा लिएर घर घर बाट निस्के । उहिहरु भन्दै थिए भारतको नाकाबन्दी बिरुद्ध बाम गठबन्धन जसरी नझुकी हाम्रो आन्दोलमा साथ दियो मँसिर २१ हुने आम निर्वाचनमा बाम गठबन्धन लाई मत दिएर अब बाम गठबन्धनको सरकार बनाउछौ । बिहानको चिसो मौसमको बेवास्ता गर्दै बेलहियाबासी नाराबाजी गर्दै बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराई ५ बर्षका लागी स्थाई सरकार बनाउने बाचा समेत गरेका छन ।
बाम गठबन्धनले आयोजना गरेको चुनाबी घर दैलोमा बेलहियाबासी नाच्दै गाँउदै बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन अनुरोध गरेका थिए । घरदैलोमा सिमावर्ति बेलहियाका युवा, बिद्यार्थी, महिला, बृद्ध बृद्धा,समाजसेवी, मजदुर लगायतको सयौको सँख्यामा सहभागिता रहेको थियो । भारतको नाका बन्दी बिरुद्ध बेलहियाबासी एक भएर उक्त नाका सहज गराएका थिए । नेपाल भारत सिमा नाकाका सबै नाका बन्द हुदा बेलहिया नाका भने सहज भएका कारण यहि नाका हुदै सबै सामान नेपालभरी पुगेको थियो । बेलहियाबासीले यस पटक बाम गठबन्धनका उम्मेदवारलाई भारी मतले बिजयी गराउने अठोट लिएका छन । स्थानिय बेलहिया निवासी शिब शर्माले नाका बन्दी बिरुद्ध जसरी बाम गठबन्धनको सरकार झुकेन त्यसरीनै अहिले चुनाबमा बाम उम्मेदवारलाई बिजयी गराउन बेलहियाबासी आतुर रहेको बताए । नाकाबन्दी बिरुद्धको आन्दोलनमा त्यस समय केपी ओलीको बाम सरकार झुकेन त्यसैको सम्मान अब बेलहियाबासीले मँसिर २१ गते चुनाबमा मत दिएर गर्नै शर्मा बताउछन । घरदैलोमा सहभागी बेलहियाका युवा नेता सुमित प्रधानले पनि बेलहियाको आन्दोलनमा केपी ओली सरकारको अडानलेनै भारत सरकार झुकेको बताउदै उनले २१ गतेको चुनाबमा बेलहियाबासी एक भएर बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने बताए । नेपाली काँग्रेसमा बिगत २० बर्ष देखी सक्रिय प्रधान गत साता मात्र आपmना सयौ सहयोगी सहित एमालेमा प्रबेश गरेका थिए ।

हिरा पmोडने समय आएको छ
मँसिर २१ गते सँम्पन्न हुन गईरहेको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार लाई भारी मतका साथ बिजयी गराउने सिद्धार्थनगर नगरपालिकामा बाम गठबन्धन बाट बिजयी र उम्मेदवार भएका जनप्रतिनिधिले अठोट लिएका छन । उनिहरुले जनताको बिकासको चाहाना लाई पुरा गराउन बाम गठबन्धनको सरकार अति जरुरी भएको बताउदै त्यसका लागी बाम गठबन्धनका उम्मेदवार घनश्याम भुषाल, बिश्वास बराल र तुलसी चौधरीलाइृ बिजयी गराउन सक्रियताका साथ लाग्ने बाचा गरेका छन । निर्वाचित जनप्रतिनिधि र उम्मेदवार बनेका सबैले रुपन्देहीका सबै स्थानमा बाम गठबन्धनका उम्मेदवार बिजयी हुने दाबी समेत गरेका छन । जनप्रतिनिधिको भेलामा बोल्दै नेकपा माओबादी केन्द्रका सचिवलय सदस्य तथा समानुपातिक उम्मेदवार हकिब उल्ला खाँले स्थानिय निर्वाचनमा जनता सँग गरेका बाचा पुरा गर्न बाम सरकार अति आवश्यक भएको बताउदै त्यसका लागी जनप्रतिनिधि गम्भिर भएर चुनाबमा होमीन निर्दैशन दिए । नेकपा एमाले केन्द्रिय योजना बिभाग सदस्य रामचन्द्र आचार्यले आगामी निर्वाचनमा जनप्रतिनिधिको अहम भुमिका रहेको बताउदै निर्वाचित जनप्रतिनिधिका लागी अब हिरा पmोडने समय आएको बताए । क्षेत्र न ३ प्रदेश १ का उम्मेदवार बिश्वास बराल अनुपले कसैको लोभ लालचामा नलागी सबै बर्ग र समुदाय चुनाबमा होमिएर बाम गठबन्धनको उम्मेदवार लाई बिजयी गराउन आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी को अध्यक्षतामा सँम्पन्न कार्यक्रको सचालन वार्ड न ८ का वार्ड सदस्य उमेश थापा लाटो मगरको सँचालनमा सँम्पन्न भएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.